 
	    मकवानपुर । मकवानपुरमा पहिरोमा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ ।
मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दमारमा सोमवार राती परेको अविरल वर्षाले आएको पहिरोले अक्कल बहादुर स्याङ्तानको घर बगाउँदा एकको मृत्यु र छ जना बेपत्ता भएका थिए । उक्त पहिरोमा बेपत्ता भएका दुई जनाको शव बुधबार फेला परको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी गर्ने क्रममा घटनास्थलभन्दा १० किलोमिटर दक्षिण तर्फ सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका– १ कोकरेको नदिको बिच भागमा शव भेटिएको हो ।
भेटिएको शव घरधनी ६० वर्षीय अक्कल बहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरी रहेको जनाइएको छ । बेपत्ता अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । बेपत्तामध्ये सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकाका १७ वर्षीय पासाङ घिसिङको भने मंगलबार साँझ घटनास्थलबाट ५ किलोमीटर तल नदिको बिचबाट उद्धार गरिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्