Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


१० चिनियाँ नागरिक अध्यागमन विभागको कालोसूचीमा

सय किलो सुन तस्करी प्रकरण

3.8k
Shares

काठमाडौं । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ ।

तस्करीको सुन बरामद गरेपछि राजस्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धान गर्ने क्रममा नेपालमा बस्दै आएका १० जना चिनियाँ नागरिकलाई विभागले कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले कालोसूचीमामा राखेको विभाग उच्च स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ ।

कालो सूचीमा राखिएका ती चिनियाँँ नागरिकहरूमा जे झेङ, वाइ पुझेङ, वी यान, एल वेनझङ, टी याओ, जी चेन, जे लि, एफ लिउ, जी लिन र वी सियागत्जा रहेका छन् ।

यसबाहेक प्रहरीले उक्त सुन काण्डमा संलग्न रहेको आशंकामा थप चार जना चिनियाँ नागरिकविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेको छ । प्रहरीले नाम नखुलाइएका ती चार जना चिनियाँ नागरिक पनि नेपालमा नै रहेको आशंका गरेको छ ।

उक्त सुन काण्डमा संलग्न रहेको आशंकामा २ जना चिनियाँ मूलका नागरिकलाई विभागको टोलीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।