नबराज छत्कुली/ईमेज:
धादिङ । गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्क विहिन भएको छ ।
शनिबार बिहान उडेको हेलिकप्टर उडेको केही बेरमा सम्पर्क बिहिन भएको एयरलायन्सले बताएको छ ।
धादिङ जिल्लाको खनियाबास गाउँपालिका र नेत्रावती डापजोङ गाउँपालिका र नुवाकोट जिल्लाको नेवाङ गाउँपालिकाको सीमा क्षेत्रको म्यागाङ्गको जंगलमा दुर्घटना भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।
एयरलायन्सलले घटना भएको आशंकामा त्यस तर्फ खाजीको लागी हेलिकोप्टर सहितको टोली परिचालन गरेको बताएको छ ।
दुवै जिल्लाबाट हेलिकोप्टर खसेको क्षेत्र पहिचानका लागि प्रहरी परिचालनगरिएको धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए ।
हेलिकोप्टरमा क्याप्टेन निश्ल केसी सहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको एयरलाइन्सले जानकारी दिए ।
काठमाडौंबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सानागाउँ पुगेको हेलिकोप्टरले पर्यटक छाडी त्यहाँबाट क्याप्टेन सहित ७ जना यात्रु लिएर काठमाडौंका लागि उडेको एयरलाइन्सले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्