
दाङ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले दाङ पुर्याएको छ ।
भोजपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका विश्वकर्मालाई तत्कालै पक्राउ गरी प्रहरीले हिजो साँझ दाङ पुर्याएको हो ।
म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोपमा उनलाई दाङ लगिएको हो ।
गत मंसिर १२ गते दाङको तुल्सीपुरमा गराइएको बम विस्फोटमा म्यादी प्रहरी चौधरीको निधन भएको थियो ।
सो विस्फोटका घटनामा विश्वकर्माको संलग्नता रहेको आरोप प्रहरीले लगाएको छ । प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबैभन्दा ठूलो अभियोग हो ।
हिजो साँझ दाङ पुर्याइएका विश्वकर्मालाई भोलि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्