मुस्ताङ । मुस्ताङमा स्याउको सिजन सुरु भएकोे छ । सिजन सुरु भएलगत्तै यहाँ उत्पादित स्याउ जोमसोमका कोशेलीघरदेखि प्रदेश मुकाम पोखरा लैजाने तयारी भइरहेको छ ।
तीज पर्व नजिकिँदै गर्दा मुस्ताङमा उत्पादित करिव ५० प्रतिशत स्याउ प्रदेश मुकाम पोखरा निर्यात हुने गरेको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख बिमल खड्काले बताए ।
यो वर्ष स्याउ कम फलेको स्थानीयको अनुमान छ । जिल्लामा कूल १ हजार १ सय १५ हेक्टरमा स्याउ खेती गरिएको भए पनि ४ सय १५ हेक्टरमा मात्र उत्पादन भएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङको तल्लोक्षेत्र कोवाङ, लेते, टिटीलगायतका स्थानमा स्याउ खेती विस्थापित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्