२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि कर्मचारीले तलब पाएनन्


0
Shares

कैलाली । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि अस्पताल कर्मचारीले चालू आर्थिक वर्ष सुरु भएपछिको तलव पाउन सकेका छैनन् ।

आर्थिक कारोबारका लागि नयाँ खाता संचालनमा ढिलाइ हुँदा कर्मचारीले तलव पाउन नसकेका हुन् ।

यसअघि जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा लिँदै आएको अस्पतालले प्रदेश नम्बर ७ कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट निकासा लिनुपर्ने भएपछि नयाँ खाता संचालनमा ढिलाइ भएको हो ।

सामाजिक विकास मन्त्रालयबाट खर्चको अख्तियारी पाउन नसकेकाले कर्मचारीलाई साउन महिनाको तलब दिन नसकिएको सेती अञ्चल अस्पतालका लेखा प्रमुख लोचन रेग्मीले बताए ।

यद्यपी विरामीको उपचार सेवा सुविधामा भने कुनै कमी आउन नदिइएको अस्पतालले जनाएको छ ।