९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


फिलिपिन्समा डुंगा पल्टिंदा २१ जनाको मृत्यु


325
Shares

एजेन्सी । फिलिपिन्समा डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको छ ।

बिहीबार राती राजधानी मनिला नजिकै यात्रु लिएर गईरहेको डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको हो भने ४० जनालाई जिवितै उद्धार गरिएको छ ।

स्थानिय कोस्ट गार्डका अनुसार तीव्र हावा चल्दा डुंगामा रहेका यात्रुहरू डराएर एकै ठाउँमा जम्मा भएका कारण असन्तुलित भई डुंगा पल्टिएको हो ।

अन्तर्राष्ट्रि सञ्चार माध्यमका अनुसार उद्धारकर्ता कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने त्यहाँको प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले बताएका छन् ।