Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


सुन तस्करीको ‘राडर’ मा देखिएका अडुकियालाई कसले भगायो


27k
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन्।

विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन्। सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको हो। त्यसक्रममा केही कागजात बरामद भए पनि उनी फेला परेनन्।

विवादास्पद व्यापारी अडुकियाले विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका थिए। हङकङबाट गत मंगलबार नेपालमा सुन भित्र्याउने कार्यमा संलग्नता रहेको देखिए पनि बेलैमा खोजबिन नगर्दा यनी फरार हुने अवस्था आएको हो।

उनीसँगै शंकाको घेरामा देखिएका व्यापारी दीपक मल्होत्राले सुन तस्करीमा आफू संलग्न नरहेको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए। ‘सुन तस्करीमा संलग्न देखिँदादेखिँदै विभागले पक्राउ गर्न ढिलाइ गर्दा अडुकिया फरार भएका हुन्,’ विभागकै एक कर्मचारीले भने। उनका अनुसार तथ्य र प्रमाण जुटाउन समय लागेकाले अकुडियाले फरार हुने मौका पाएका हुन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।