Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता !

छानबिन शुरू हुँदै गर्दा दिल्ली पुगे रोहन अदुकिया

9k
Shares

काठमाडौं । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर गन्तव्यतर्फलैजान लागेको करिब १ सय किलोग्राम सुन तस्करी प्रकरणमा संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै संलग्न रहेको पछिल्लो घटनाक्रमले देखाएको छ ।

विमानस्थलमा रहेको भन्सार कार्यालयबाट बाहिरिएको उक्त सुन हङकङबाट नेपाल ल्याएर यहाँबाट भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर भारत लैजाने क्रममा विमानस्थल बाहिरबाट समातिएपछि नेपालमा अवैध सुनको कारोबार गर्नेमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान सुरू गर्ने भएको छ ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले नेपाल समाचारपत्रसँग कुरा गर्दै यसपटक नेपालमा समातिएको सुनको लगानीकर्तामा चिनियाँ आपराधिक समूह,भारतीय आपराधिक समूह र बिचौलियाको भूमिकामा रहेका नेपालका केही सुन व्यापारीसमेत संलग्न रहेको आशंका व्यक्त गर्नुभयो ।

उहाँले हङकङबाट नेपाली भूमि हुँदै भारत पठाउने गिरोहको संगठित समूह नै यसमा संलग्न रहेको देखिएको रलगानीको हिसाबले हेर्ने हो भने समातिएको सुनमा सबैभन्दाठुलो लगानी भारतीय समूहको रहेको विगतको अनुसन्धानले पनि पुष्टि गर्ने बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।