Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


रोल्वालिङ पर्यटन क्षेत्रको प्रर्वद्धनमा स्थानीय तहले अग्रसरता नलिएको विज्ञहरुकाे गुनासो


65
Shares

काठमाडौं । दोलखास्थित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रर्वद्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन ।

शनिबार काठमाडौंमा आयोजित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रर्वद्धनसम्बन्धि दोलखाली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटनविद् बैकुण्ठनारायण प्रधान, पर्यटन व्यवसायी उमा खकुरेल, पत्रकार रमेश खड्कालगायतले सो क्षेत्रमा पर्यटन प्रर्वद्धनमा स्थानीय तहले चासो नदिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।

पर्यटनविद् प्रधानले गौरीशंकर हिमाल वरपरको क्षेत्र धार्मिक पर्यटनको दृष्टिले पनि संसारका लागि महत्वपूर्ण गन्तव्य स्थल भएपनि त्यसको विकासका लागि स्थानीय सरकारले सरोकारवाला निकायसँग छलफल समेत गर्न नचाहेको गुनासो गर्नुभयो ।

उहाँले विज्ञहरुसँग परामर्श गर्ने, आवश्यक बजेट विनियोजन स्थानीय तहले गर्ने हो भने गौरीशंकर हिमाल र यसको आसपासका रोल्वालिङ क्षेत्र पर्यटकीय गन्तव्य बन्ने र त्यसले स्थानीय स्तरमै आर्थिक समृद्धिको आधार निर्माण हुने तर्क गर्नुभयो ।