२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


पत्रकार सडकमा, देशैभर आन्दोलन गर्ने चेतावनी


0
Shares

काठमाडौं, भदौ २२ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित नगर्न माग गदै विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार राजधानीको नयाँबानेश्वरमा प्रदर्शन गदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने फौजदारी कानुन संशोधन गर्न माग गरिएको हो ।

मुलुकी संहितामा रहेको व्यवस्थाले सार्वजनिकस्थलमा तस्वीर खिच्नदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका गलत कामकोसमेत समाचार बनाउन नपाउने अवस्था आएको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकी संहिताका केही प्रावधानले प्रेस स्वतन्त्रता कुन्ठित गरेकाले त्यसलाई तत्काल नसच्याए  देशैभर आन्दोलन गर्ने चेतावनी दिए ।

महासंघका उपाध्यक्ष दिलीप थापामगर, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, सम्पादक समाजका अध्यक्ष पुरु रिसाललगायतले नेता र सरकारलाई आफ्नो विगत नबिर्सन आग्रह गरेका थिए ।

विरोध कार्यक्रममा सत्ताधारी दलनिकट पत्रकारहरुका संगठनहरुको भने उपस्थिति थिएन ।