Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


राउतलाई राहत


780
Shares

काठमाडौं । सर्वोच्च अदातलले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले उनलाई मुलुक छाड्न नपाउने गरी थुनामुक्त गर्न शुक्रबार आदेश दिएको थियो।

बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै इजलासले राउतलाई थुनामै राखी अनुसन्धान गर्नुपर्नाको आधार, कारण र औचित्य नदेखिएको ठहर गरेको हो। तर ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितहरू कलाधर देउजा, टीकाराम घिमिरेसहितका आरोपितले नेपाल प्रहरीलाई प्रतिवादी बनाएर दायर गरेको रिट भने खारेज गरिदिएको छ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत वर्ष आरोपितहरूको मागअनुसार अन्तरिम आदेश दिएका थिए। तर न्यायाधीशद्वय सुवेदी र ढुंगानाको इजलासले रिट खारेज गरिदिएको हो।

सर्वोच्चको आदेशले जग्गा हिनामिना प्रकरणका आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्नसमेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई बाटो खुलेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।