१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


गजेन्द्र नारायणसिंह अस्पतालको समाजिक सेवा ईकाइबाट २ हजार बढी लाभान्वित


182
Shares

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालको समाजिक सेवा इकाईबाट एक वर्षमा २ हजार ८ सय जना लाभान्वित भएका छन् ।

सामाजिक सेवा इकाईले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदनमार्फत उक्त जानकारी दिइएको हो ।

उनीहरूले उपचारको क्रममा जाँच, औषधि तथा बेड चार्ज लगायतकामा पूर्ण वा आशिंक छुट पाएका छन् । उक्त तथ्यांक आर्थिक वर्ष २०७९/०८० साउन १ देखि असार मसान्तसम्मको रहेको जनाइएको छ ।

सामाजिक सेवा इकाईका प्रमुख सूर्यकान्त झाले यस इकाई अन्तर्गत गरिब, विपन्न, अति विपन्न, असाहाय, जेष्ठ नागरिक, पीडित लगायतका व्यक्तिलाई सेवा प्रदान गर्ने गरिएको बताउनुभयो ।