 
	    काठमाडौं । कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ ।
सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा आएपछि टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गर्ने निर्णय लिएको हो ।
कलाकार पल शाहलाई आफ्नो शोमा बोलाएर क्षेत्रीले बलात्कारलाई मजाकको विषय बनाएको आरोप लागेको छ । गत असार २३ गते प्रसारण भएको शोमा छनोट गरिएका पत्रसँगको संवाद संस्थाको सम्पादकीय नीति विपरीत रहेको टेलिभिजनले जनाएको छ ।
टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमका उत्पादन र प्रसारण बन्द गरिएको जानकारी गराएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्