Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


‘कांग्रेस क्रियाशील सदस्यता अनलाइनबाट दिन हुँदैन’


247
Shares

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिननहुने धारणा राख्नुभएको छ ।

बुधबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै उहाँले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिननहुने धारणा राख्नुभएको हो । उहाँले यस विषयमा पुनःविचार गर्नुपर्ने बताउनुभयो । त्यस्तै, उहाँले प्रदेश समितिलाई जिम्मेवारीबिहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि कांग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले केन्द्रिय नेताहरुले प्रदेशलाई कमजोर बनाउन लागेको बताउनुभयो ।

बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताउनुभयो । उहाँले सरकार र पार्टीका बिचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली कांग्रेसले बोकिरहेको एजेण्डाहरुको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।