८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


काठमाडौंको फोहोर आजदेखि नउठ्ने


26.754k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि उपत्यकामा बुधबारदेखि फोहोर उठाउन छाडिएको छ ।

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि फोहोर बोकेर गएका गाडीलाई बाटोमै रोक्न थालेपछि उपत्यकामा फोहोर उठाउन छाडिएको हो ।

फोहोर उठाएपछि विसर्जन गर्न नपाइने भएपछि उपत्यकामा फोहोर संकलन गर्दै आएका निजी कम्पनीहरुले फोहोर उठाउन छाडेका हुन् । यसैबीच, सर्वोच्च अदालतको आदेशपछि ककनी गाउँपालिकाले फोहोर लिएर जाने गाडीबाट शुल्क असुल्ने निर्णय स्थगित गरेको छ ।

सर्वोच्चको आदेशको पालना गर्ने भन्दै ककनी गाउँपालिकाले फोहोरका गाडीहरुबाट पटके शुल्क असुल्ने निर्णय स्थगित गरेको हो । ककनीले प्रति गाडी एक हजारदेखि १५ सय रुपैयाँसम्म शुल्क लिने निर्णय गरेकोमा त्यस विरुद्ध परेको रीटमा सर्वोच्चले शुल्क नउठाउन आदेश दिएको थियो ।