Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


माग पूरा नहुन्जेल संघर्ष जारी : ठाकुर


0
Shares

नागेन्द्रकुमार कर्ण (इमेज)

महोत्तरी, भदौ २२ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका संयोजक महन्त ठाकुरले आफूहरु अहिलेपनि संघर्षमै रहेको बताएका छन् ।

शुक्रबार महोत्तरीको मटिहानी नगरपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा ठाकुरले थुप्रै नेताहरुमाथि लागेका झुटा मुद्दा फिर्ता नभएको, संविधान संशोधन नभएको भन्दै माग पूरा नहुन्जेल संघर्ष जारी रहने बताए ।

सरकारसँग इच्छाशक्ति भए मधेसका समस्या समाधान हुने भन्दै उनले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा राजश्वको स्रोतमा २ नम्बर प्रदेश पछाडिपर्ने सम्भावना रहेको बताए ।

कार्यक्रममा नगरपालिकाभित्रका ६, ७ र ८ वडाका ६० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

अरु वडाका ज्येष्ठ नागरिकलाई आगामी दिनमा सम्मान गरिने नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले जनाए ।