Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८० पारित


117
Shares

काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ । राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गर्नुभए पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने पनि कार्यसूची रहेको छ ।

Skip This