 
	    काठमाडौं । चलचित्र ‘हामी तीन भाइ’ पुन: निर्माण हुने भएको छ ।
डेढ दशक अगाडी निर्माण भएको चलचित्र ‘हामी तीन भाइ’ को अहिले पुन निर्माण हुन लागेको हो ।
मधुसूदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा कुशल विष्ट, बिनोद न्यौपाने, जानवी बस्नेत, रबिन्द्र झा, राजाराम पौडेल लगायतका कलाकार अनुबन्धित भएका छन् । अन्य केही कलाकारहरू छनोट भने हुन बाँकी नै छ ।
प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा साजित महतले निर्माण गर्ने छन् । चलचित्रका कार्यकारी निर्मातामा विक्रम तामाङ रहेका छन् । चलचित्रको छायाँकन चित्लाङमा साउन १० गतेबाट सुरु हुने भएकाे छ ।
चलचित्रको पहिलो भागको लेखन तथा निर्देशन शिव रेग्मीले गरेका थिए । यस चलचित्रमा राजेश हमाल, निखिल उप्रेति , श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, झरना थापाको अभिनय रहेको थियो । यो चलचित्र त्यतिबेला सुपरहिट सावित भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्