
काठमाडौं । लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल भाँचिएकाले सडक अवरुद्ध भएको बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।
उक्त पुलको निर्माण कार्य बिहीबारदेखि हुने भएकाले वैकल्पिक मार्ग नहुँदा यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्