 
	    काठमाडौं । असार २९ गतेबाट देशभर रिलिज हुन लागेको नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ ।
बुधबार काठमाडौंको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक गर्दै एकल आमाले देशैभर निःशुल्क ‘बगान’ हेर्न पाउने घोषणा गरिएको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ ।
कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निःशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताए ।
चलचित्रको तीन मिनेट लामो ट्रेलरमा एकल महिलाले पुनर्विवाह गर्ने विषयको मतभेदलाई प्रस्तुत गरिएको छ । अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिका निभाएकी छन् भने नव अभिनेत्री प्रमिला कार्की मानन्धरकी छोरीको भूमिकामा छन् । यसै चलचित्रबाट रजतपटमा प्रवेश गरेकी कार्कीले अभिनयमा गजबको सम्भावना देखाएकी छन् ।
ट्रेलरमा करिश्मासँग प्रेम गर्ने पात्रको रूपमा अभिनेता तथा यस चलचित्रका निर्देशक सरोज खनाललाई देखाईएको छ । अभिनेत्री कार्कीको प्रेमीको रूपमा अभिनेता आकाश श्रेष्ठलाई राखिएको छ । अभिनेता नीर शाहलाई पुरातनवादी सोच राख्ने पात्रको रूपमा राखिएको छ भने अभिनेत्रीद्वय बशुन्धरा भुषाल र मिथिला शर्मालाई पनि ट्रेलरमा समेटिएको छ ।
कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमुख, माइती नेपालकी अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोईराला, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, बरिष्ठ पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो ।
नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हाँस्यकलाकार बशुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए ।
यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्