
काठमाडौं, भदौ २२ । बंगलादेश सरकारले आगामी २२ वर्षभित्र नेपालबाट ९ हजार मेगावाट विद्युत लैजाने योजना बनाएको छ ।
ढाकामा बिहीबार सुरु भएको ऊर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावाट विद्युत लैजाने योजना रहेको उल्लेख गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको ऊर्जा र खानी स्रोत मन्त्रालय अन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा यस्तो उल्लेख छ । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्