Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सरकारले वित्तिय अनुशासन उलंघन गर्नेलाई कडा कारबाही गर्नुपर्छ : प्रदीप पौडेल


182
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

सहकारी संस्थाहरुलगायतले ठगी गरेको समाचार बाहिर आईरहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने कुरालाई कुनै पनि हालतमा क्षमा दिन नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कारबाही गर्ने खालको कानून बनाउने कामलाई पनि सरकार र संसदले ख्याल नगरेको भन्दै आपत्ति समेत व्यक्त गर्नुभयो ।

सांसद पौडेलले सरकार र संसदले नागरिकका अतिआवश्यकीय चासोको विषयमा कानून बनाउने कुरामा ध्यान दिन नसकेको गुनासो समेत गर्नुभयो ।