१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


डडेल्धुरामा विज्ञान तथा गणित विषयमा आकर्षण बढाउन प्रदर्शन


572
Shares

डडेल्धुरा । डडेल्धुरामा विद्यालय तहका विद्यार्थीहरुलाई विज्ञान तथा गणित विषयमा आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरीएको छ ।

जिल्ला स्तरिय विज्ञान तथा गणित विषयमा गरिएको प्रदर्शनीमा १४ विद्यालयको सहभागिता थियो । विज्ञान प्रविधिका विभिन्न विधाहरुको नमूना प्रदर्शनी गरिएको आयोजक संस्था श्री बैजनाथ माध्यमिक विद्यालय मौरडाले जानकारी दिएको छ ।

प्रदर्शनीमा आधुनिक कृषि प्रविधि, यान्त्रिकरण,जलवायु प्रविधि र असर,सोलार सिष्टम, हरितगृह सहितको स्मार्ट सिटिको अवधारणा,वायुउर्जा, रक्षा तथा वायुयान प्रविधिको बारेमा जानकारी दिइएको थियो ।

यन्त्र उपकरण, प्रविधि, स्मार्ट सिंचाई, स्मार्ट फोहर व्यवस्थापन, वातावरणिय प्रभाव, खानेपानीको प्रयोग, मानव शरिरका प्रक्रिया लगायत दिगो शहर व्यवस्थापन सम्बन्धि सन्देश मूलक चित्र तथा प्राविधिक सामग्रीबाट तयार गरि स्टलको रुपमा राखिएको थियो ।

शैक्षिक प्रदर्शनीको रुपमा रहेको गणीत र बिज्ञान विषयमा गरीएको प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थी रुचीपूर्वक अवलोकन गरेका थिए । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र विद्यार्थीको परिश्रमलाई प्रेरणादायी बनाउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा उत्कृष्ट विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ ।