Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी साझा घोषणापत्रमा समर्थन गर्ने सरकारको निर्णय


0
Shares

काठमाडौं, भदौ २१ । सरकारले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी साझा घोषणापत्रमा समर्थन गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

बैठकले मुक्तहलिया पुनःस्थापना समस्या समाधान समिति र मुक्तकमैया पुनःस्थापना समस्या समाधान आयोगलाई कायम राख्ने र यसै आर्थिक वर्षभित्र समस्या समाधान गरिसक्ने निर्णयसमेत गरेको छ ।

यस्तै, नवीकरणीय ऊर्जा प्रवर्धन दोस्रो चरणको कार्यक्रमका लागि जर्मन सरकारले दिने ४ अर्ब ९ करोड रुपैयाँको अनुदान स्वीकार गर्दै सो रकम लेखनाथ–दमौली २२० केभी प्रसारणलाइन आयोजनामा उपयोग गर्ने निर्णय पनि बैठकले गरेको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए ।