Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय


273
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ को पक्षमा मतदान गर्ने भएको छ ।

बुधवार बिहान संसद भवनमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपनेता एवं उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले मतदान गर्ने पक्षमा पार्टीले निर्णय गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज बिहान प्रधानमन्त्रीसँग बसेर हामीले छलफल गरेका थियौँ । हामीले उठाएका कुराहरु बजेटको प्रणालीमा सुधार गर्नेकुरा सम्बोधन गर्ने भनेपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ ।’

उपाध्यक्ष पाण्डेले बजेट प्रणालीमा सुधार हुने भएपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको बताउनुभयो ।