Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


मन्त्रिमन्डल पुनर्गठनको तयारी, प्रधानमन्त्री ओलीमै ‘समस्या’ (भिडियो)


0
Shares

अक्कल कुँवर/कबिर महर्जन (इमेज)

काठमाडौं, भदौ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल पुर्नगठनको तयारी गरेका छन् ।

केही मन्त्रीको कार्यक्षमता सन्तोषजनक हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् ।

तर, मन्त्रिमन्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारीलाई राजनीतिक वृत्तमा भने सकारात्मकरुपमा लिइएको छैन ।

गत फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री ओलीले मन्त्रिमन्डल पुनर्गठनको तयारी गरेका हुन् ।

हुन त प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरुबाट प्रभावकारी कामको आशा गरेर नै मन्त्री बनाएका हुन् । तर, विश्वासपात्रहरुले प्रधानन्त्री ओलीको अपेक्षाअनुसार कार्यसम्पादन गर्न नसकेको घामझैं छर्लंग छ ।

मन्त्रीहरुको कार्यक्षमतामा सर्वसाधारण र पार्टीभित्रैबाट प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्ने तयारी गरेका हुन् ।

सत्तारुढ दलका शीर्ष नेताहरुले औपचारिकरुपमा मुख नखोले पनि अनौपचारिकरुपले मन्त्रिमन्डल पुर्नगठनबारे छलफल गरिरहेका छन् ।

पार्टीभित्र छलफल गरेर सकेसम्म असोज पहिलो साता वा असोज मसान्तभित्र मन्त्रिमन्डलमा हेरफेर गर्ने तयारी भइरहेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि आसन्न स्थायी समितिको बैठकबाट मन्त्रिमन्डल पुर्नगठनको निर्णय हुने दाबी गरेका छन् ।

संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्रीले आफू मातहतका मन्त्रीहरु हेरफेर गर्नु सामान्य मानिन्छ ।

तर, राजनीतिक स्थायित्वको एजेन्डा र दुईतिहाइ मतसहित प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले सरकार गठन भएको सात महिना नपुग्दै मन्त्रिमन्डल पुर्नगठनको तयारीले सरकारको रणनीति असफल हुँदै गएको त होइन ? भन्ने आशंका बढेको छ ।

राजनीतिक विश्लेषक मुमाराम खनालले सरकार सन्चालनको रणनीतिमा स्वयं प्रधानमन्त्री ओलीमै समस्या रहेको टिप्पणी गरे ।

जनताका अपेक्षाअनुसार सरकार गठनको ६ महिनाको अवधिमा कुनैपनि मन्त्रीले काम गर्न सकेका छैनन् ।

केही मन्त्रीहरु त यो अवधिमा विवादै–विवादमा मुछिएका छन् । प्रभावहीन रहेको सरकारलाई प्रभावकारी बनाउन मन्त्रिमन्डल पुर्नगठन स्वाभाविक हो ।

तर, पार्टीभित्रको असन्तुष्टिलाई मत्थर पार्नमात्रै प्रधानमन्त्रीले पुर्नगठनको तयारी गरेका भए त्यो स्वयं प्रधानमन्त्रीको लागि थप घातक हुनसक्छ ।

भिडियो हेर्नुहोस्