Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


तालीम प्राप्त कुकुरबाट संखुवासभामा बाढि पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी


338
Shares

संखुवासभा । संखुवासभामा बाढि र पहिरोमा परि बेपत्ता भएका २० जनाको शनिबारबाट तालीम प्राप्त कुकुरबाट खोजीकार्य शुरु गरिएको छ ।

वाढि पहिरोमा परि बेपत्ताको एक साता सम्म खोजी जारी राख्दा नभेटेपछि तालीम प्राप्त कुकुरबाट खोजीकार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाको कारण गत शनिबार राति आएको बाढि र पहिरोमा परि संखुवासभाको हेवाखोलामा १७ जना पिलुवाखोलामा १ जना र सभाखोलामा २ जना बेपत्ता भएका थिए ।

बेपत्ताको स्थानियवासी लगायत सुरक्षाकर्मीको टोली परिचालन गरि एक सातासम्म खोजि जारी राखे पनि नेभेटिएपछि नेपाल प्रहरीले सुनसरीको धरानबाट तालीम प्राप्त कुकुर ल्याई सभाखोलाबाट खोजि कार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी गराउनुभयो ।

Skip This