
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा मनसुनजन्य विपत्बाट विभिन्न जिल्लामा भएको क्षेतीको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो ।
मन्त्री ज्वालाले बाढी पहिरोको कारण क्षती भएको सडक, पुल क्षती भएको स्थानमा पुगेर वास्तविक स्थितिको अवस्था बुझेर त्यसका निम्ति सरकारले योजना बनाउने बताउनुभयो । उहाँले बिहीबार सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गरेर सडक तथा पुलसँग सम्बन्धित विषयमा ठोस निर्णय लिने बताउनुभयो । मन्त्री ज्वालाले जनप्रतिनिधिहरुसँगको छलफलमा तत्काल गर्नुपर्ने कामको प्राथमिकता हेरेर ठोस योजना बनाउँने तयारी रहेको बताउनुभयो ।
मन्त्री ज्वालाले बाढी पहिरोले अहिलेसम्म सडक पुलहरुमा बढी क्षती गरेको भन्दै हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङ जिल्ला जोडिने सडक मार्ग पूर्णरुपमा बन्द भएको बताउनुभयो । उहाँले हेवाखोलमा तत्काल पुल निर्माण गर्ने भनेर काम भइरहेको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्