Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


416
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको नाम छुटाई ल्याएको विनियोजन शिर्षकमाथि छलफल हुन नसक्ने अडान एमालेका सांसद सुर्य थापाले राख्नु भएको थियो भने यता सत्तारुढ नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले रुलिङ गरेपछि अगाडि बढाउनु आग्रह गर्नुभएको थियो ।

यस विषयमा सभामुख देवराज घिमिरेले स्पष्ट पार्न सहरी विकासमन्त्री सिता गुरुङलाई समय दिनु भएको थियो । उहाँले सो प्रदेशको नाम छुटेको भए सच्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यसमा पनि एमालेका सांसद थापाले सहमती जनाउनु भएन ।

संविधान विपरित ढंगले प्रदेशको नाम छुटाएर आएको सो विनियोजन शिर्षकमाथि छलफल हुन नसक्ने उहाँले अडान लिएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थागित गरिएको छ ।