Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


पहिरोले पुरिएको एक शव भेटियो, ३ जना अझै भेटिएन

५१ घर उच्च जोखिममा

702
Shares

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भइरहेका ४ मध्ये ३० वर्षीय गणेश तामाङको शव फेला परेको छ ।

तीन जनाको भने खोजी कार्य भइरहेको छ । बेपत्ता भएका ४ मध्ये तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) राजन लिम्बूले मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षेत्री, उहाँकी बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिरोले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको हो ।

यादव भने सिरिजङ्गा गाउँपालिका–५ पेदाङस्थित दिदीको घरमा जानुभएको थियो । पहिरोले घरमा रहेका यादवका श्रीमती, बुहारी र नातिलाई बगाएको छ । यस्तै, बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गणेशलाई पहिरोले बगाएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।