१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिनेको भीड, आजै अन्त्येष्टि


0
Shares

काठमाडौं, असार ५ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको आज अन्त्येष्टि गरिने भएको छ ।

हिजो साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका देवकोटाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो । देवकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।

उनीप्रति श्रद्धाञ्जली दिन ठूलो संख्यामा मानिसहरु अस्पतालमा पुगेका छन् ।

दिउँसो १ बजेसम्म अस्पतालमै उनको शव राखिने र त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिने भएको छ ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने अस्पतालले जनाएको छ ।

काजक्रिया सात दिनमै सम्पन्न गरिने पनि जनाइएको छ ।

पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैंले स्थापना गरेको न्यूरो अस्पतालमा उपचाररत थिए ।