Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


नेपाली वस्तुको ब्राण्डिङ गरेर निर्यातमा जोड दिनुपर्ने अध्यक्ष मल्लको दाबी


117
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरुको पहिचान र अन्तर्राष्ट्रिय ब्राण्डिङको आवश्यक्तामा अध्यक्ष मल्लले जोड दिनुभएको हो ।

नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिबार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यात योग्य वस्तुहरुको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताउनुभयो ।

मुलुकमा वार्षिक १० खर्ब हाराहारीमा निर्यात सम्भावना रहेको अध्यक्ष मल्लले बताउनुभयो । मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा भएकाले स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरुको पहिचान हुन नसकेको भन्दै उहाँले निर्यात भइरहेका वस्तुहरुको पनि ब्राण्डिङ हुन नसकेको बताउनु भएको छ ।

चिया कफी जस्ता बस्तुहरुको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन नसकिएको पनि उहाँको गुनासो रहेको छ ।

नेपाली वस्तुहरुको निर्यात सहजीकरणका लागि मुख्य मुख्य भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापना गर्नुपर्ने, करको दर भन्दा पनि दायरा बढाउन तर्फ सरकारको ध्यान जानुपर्ने भन्दै उहाँले चालु आर्थिक वर्षमा सरकारी श्रोत नै संकुचित हुन पुगेको बताउनुभयो ।