काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले स्वदेशभित्रै लगानी गर्न उद्योग व्यवसायीहरुसंग आग्रह गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाजले आज राजधानीमा गरेको कार्यक्रममा उनले सरकारले लगानीको वातावरण बनाएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
बैदेशिक लगानी भित्र््याउनको लागि सरकारले विशेष योजना बनाएको भन्दै उनले बैदेशिक लगानीबाट मात्र मुलक समृद्ध हुने बताए ।
बैदेशिक लगानी भित्र्याउँदा मुलुकको हितमा हुनु पर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बैदेशीक लगानी भित्र्याउन कानुनी र नीतिगत समस्या रहेको बताए ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन कार्यान्वयनमा आउन नसकेको भन्दै उनले सरकारले बैदेशीक लगानी भित्र्याउने वातावरण बनाउन नसकेको आरोप लगाए ।
अन्य व्यवसायीहरुले पनि द्विपक्षीय सम्झौता अनुसार मुलकमा लगानी भित्रन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्