१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काबुलको रेस्लिङ क्लबमा बम विस्फोट, २० जनाको मृत्यु


0
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्लिङ क्लबमा भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

विस्फोटमा ७० जना घाइते भएका छन् । लगत्तै आत्मघाती आक्रमणकारीले क्लबमै गराएको अर्को विस्फोटमा चार जनाको मृत्यु भएको छ ।

अर्को बिस्फोट क्लब नजिकै शिया समुदायको बाहुल्य रहेको क्षेत्रमा कारमा बम राखेर गराइएको हो ।

घटनामा स्थानीय टेलिभिजन टोलोका दुई जना पत्रकारसमेत मारिएका छन् ।

समाचार संकलनमा रहेका उनीहरुको कार बम बिस्फोटमा मृत्यु भएको हो ।

बिस्फोटमा परी घाइते भएकाहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बिस्फोटका कारण रेस्लिङ क्लब पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने कयौं सवारीसाधन ध्वस्त भएका छन् ।

बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)