Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


बजेट अभावले काम गर्न सकिएन – आयोग


169
Shares

काठमाडौं । राष्ट्रिय समावेशी आयोगले बजेट अभावका कारण काम गर्न नसकेको बताएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बजेट अभावका कारण कार्यक्षेत्र भित्रका कामहरु पनि गर्न नसकिएको बताउनुभएको हो ।

उहाँले कार्यक्षेत्रका आधारमा सरकारले बजेट छुट्टयाउनुपर्ने भएपनि त्यसो नगरेको गुनासो गर्नुभयो । उहाँले बजेट अभाव हुनु आयोगको सबैभन्दा ठूलो चुनौति रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ओझाले बजेट अभावका कारण विज्ञ समूह पनि राख्न नसकेको बताउनुभयो ।

त्यसैगरी थारु आयोगका सचिव कृष्णकान्त उपाध्यायले थारु समुदायका लागि संविधानले दिएको मौलिक हक समेत कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले आयोगले थारु समुदायको हक, हितका निम्ति सरकारलाई गरेको दर्जनौँ सिफारिसहरु पनि कार्यान्वयन नभएको बताउनुभयो ।

उहाँले आयोगमा बजेट रोक्का भएका कारण प्रशासनिक खर्च तथा कार्यालय सञ्चालन गर्न समेत कठिनाइ भइरहेको बताउनुभयो ।