
फाइल तस्बिर
काठमाडौं । सोमबार संसदीय सुनुवाई समितिको बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की उपर प्राप्त उजुरीबारे छलफल हुनेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई सम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय हुनेछ।
कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ । कार्कीविरुद्ध आर्थिक पाटोका साथै कानूनी पाटोको विषयमा उजुरी परेको सचिवालयले जनाएको छ ।
समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जसमध्ये ५ वटा उजुरी इमेल मार्फत आएको र अरु उजुरी लिखित रूपमा कार्यालयमा आएको छ ।
कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएसँगै याे प्रक्रिया अगाडि बढेको थियो ।










प्रतिक्रिया दिनुहोस्