
काठमाडौं । खाद्यवस्तु चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेलाको दोस्रो दिन पनि अलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।
तीन दिनसम्म चल्ने यो मेलामा नेपाल—भारतका व्यवासयीहरु सहभागी भएका छन् । खाद्यवस्तुको भण्डारण र चिस्याएर राख्ने विषयमा अहिले विश्वामा आएको नविनतम प्रविधिबारे जानकारी दिन मेला आयोजना गरिएको हो ।
मेलाको दोस्रो दिनमा समेत अवलोनकर्ताहरुको उल्लेख्य उपस्थिति छ । बिहान पख कम अवलोकन कर्ताहरु आएपनि दिउँसो भने उल्लेख्यमात्रामा उपभोक्ताहरु आएको आयोजकले बतायो ।
मेलाले प्रविधि र सामग्री उत्पादक व्यवसायीलाई सहजीकरण गर्ने बताइएको छ । मेलाले व्यवसायी व्यवसायीबीच सम्बन्ध बनाउने र व्यवसाय बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ । नेपालमा यस प्रकारको प्रदर्शनी पहिलो पटक भएको हो ।
शुक्रावरबाट शुरु भएको मेलामा नेपाल र भारतका ५० बढी व्यापारी, व्यवसायी सहभागी भएका छन् । मेलामा सामान बिक्री भन्दा पनि व्यवसायी सम्बन्ध बनाउन र प्रविधिबारे ज्ञान, सीप साटासाट गर्न साझा मञ्च हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्