१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


आज पनि भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षको बहस जारी रहने


130
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार पनि प्रतिवादी पक्ष तर्फबाट बहस जारी रहनेछ ।

बिहीबार अभियुक्त सानु भण्डारीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नुहुनेछ । बुधबार पनि केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबारदेखि अभियुक्तहरूको तर्फबाट कानून व्यवसायीले बहस थालेका हुन् । यसअघि सरकारी पक्षको वहस सकिएको छ । अभियुक्त पक्षबाट पूर्व महान्यायाधिवक्ता, नेपाल बार एशोसियसनका वर्तमान तथा पूर्व पदाधकारी एवं अन्य हाई प्रोफाइल कानुन व्यवसायीहरुले बहस गर्दैछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध विभिन्न पाँचवटा कसुरमा मुद्दा दायर गरेको छ । जसमध्ये १८ जना अहिले प्रहरी हिरासतमा रहेका छन् भने १२ जना फरार छन् ।