२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


सेती नदी जलविद्युत आयोजना अन्तिम चरणमा


481
Shares

काठमाडौं । कास्कीमा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

२५ मेगावाट क्षमताको आयोजनाको ९० प्रतिशत काम सकिएको आयोजनाको भिजन लुम्बिनी ऊर्जा कम्पनीले जनाएको हो ।

माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको जलविद्युत आयोजनाको काम २०७७ भदौ देखि सुरु भएको हो ।

आगामी मङ्सिरसम्ममा आयोजना सम्पन्न भएर व्यावसायिक उत्पादन सुरु हुने जनाइएको छ ।

पाँच अर्ब रुपैयाँ लगानी रहेको आयोजनामा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका छन् ।