
बुटवल उपमहानगरपालिका–१२ तामनगरमा शनिबर साँझ बसले ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी सख्त घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको बसले उनीहरु चढेको मोटरसाइकललाई तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक ठक्कर दिएको थियो ।
दुघटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्