Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


हुलाक कर्मचारीहरुको आन्दोलन चर्किदै


702
Shares

बर्दिया । अतिरिक्त हुलाक कार्यालय बर्दियाका कर्मचारीले गरेको आन्दोलन थप चर्किन थालेको छ् ।

सरकारले हालै प्रस्तुत गरेको बजेट भाषणमा अतिरिक्त हुलाक सेवा खारेजी गर्ने घोषणाको बिरोध गर्दै कर्मचारी आन्दोलित भएका हुन् । बिभिन्न ७ वुँदे माग राख्दै अतिरिक्त हुलाक कर्मचारी एशोसियसन बर्दियामार्फत उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

केन्द्रिय अतिरिक्त हुलाक सेवाको परिपत्र अनुसार कर्मचारीको पेशागत हकहितका लागि जारी भएको विज्ञप्तिलाई पुर्ण रूपमा अनुमोदन गर्दै जिल्लाभर रहेका २३ वटा अतिरिक्त हुलाक सेवा अर्को सूचना नआएसम्म पुर्णरुपमा हुलाक सेवा बन्द गर्ने निर्णय गरिएको अतिरिक्त हुलाक कर्मचारी एशोसियसन जिल्ला शाखा बर्दियाका अध्यक्ष राम बहादुर थापाले बताउनुभयो ।