
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने यातायातका साधनहरुलाई गोंगबु बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो तथा मध्यम दुरीका यातायातका साधन गोंगबू बसपार्कबाट सञ्चालन हुने व्यवस्था गर्न र बसपार्क बाहिर रहेका टिकट काउन्टरहरु बन्द गर्न निर्देशन दिएको हो ।
सरोकारवालाहरुसँगको बैठकबाट यस्तो निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशनको अवज्ञा गर्नेहरुलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँगको समन्वयमा नगर प्रहरीले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
ठाउँ ठाउँबाट टिकट बुक गर्ने, सवारी साधनहरु छुट्ने, जथाभावी पार्किङ गर्ने तथा जहाँ पायो त्यहीबाट यात्रु चढाउने र ओराल्ने गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापन लथालिङ्ग भएकाले सरोकारवालाहरुसँगको छलफलबाट यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाई छ ।
यस्तै धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत लिएका सवारी साधनहरूलाई पनि कलङ्कीदेखि जडीबुटीसम्मको क्षेत्रमा रोक्न निषेध गरिएको पनि महानगरले बताएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्