Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


फेवाताल सिमसार पुर्ने कार्य रोक्न अन्तरिम आदेश


1.8k
Shares

पोखरा । फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले उक्त आदेश जारी गरेका हुन् । आदेशमा भनिएको छ, ‘विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ नियम ४२ (१) को देहाय (क) तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) बमोजिम अन्तरिम आदेश जारी गर्न आवश्यक र उपयुक्त देखिन आएकाले निम्नबमोजिमको अन्तरिम आदेश जारी गरिएको छ ।’

अधिवक्ता मनोज घर्तीमगरले तालको सिमसार क्षेत्र पुर्ने निर्णयविरुद्ध उत्प्रेषण परमादेशको आदेश जारी गर्न माग गर्दै बुधबार रिट दायर गरेका थिए ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, निवेदक स्वयं अधिवक्ता मनोज घर्तीमगर, अधिवक्ता रच्चु आले र अधिवक्ता मिलन आलेले बहस गरेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।