२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


भारतबाट विराटनगरका लागि हिड्यो कार्गाे रेल


1.313k
Shares


काठमाडौं । भारतको बथनाहबाट बिराटनगर आउने रेल भारतबाट हिडेको छ ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगरतर्फ हिडेको हो ।

विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल सेवा सञ्चालन भएको हो । सो कार्गाे रेल भारतको बथनाहाबाट पहिलोपटक विराटनगर आउन लागेको हो ।

कार्गो रेल आउने भएपछि नेपाल र भारत दुबैदेशका उद्योगी व्यवसायी उत्साहित भएका छन् । रेल सेवा सञ्चालन भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कच्चा पदार्थको आयात र उत्पादित वस्तुको निर्यात कार्गो रेलबाट हुनेछ ।