Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


तोकिएको समयमा काम पूरा गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन : दाहाल


0
Shares

सिन्धुली, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा काम पूरा गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन र काममा ढिलासुस्ती गर्नेहरुलाई दन्डित गर्ने नीति सरकारले लिएको दाबी गरेका छन् ।

बुधबार सिन्धुलीको मरिण गाउँपालिकास्थित कपिलाकोट र कल्पवृक्ष जोड्ने मरिण नदीमाथि निर्मित पुलको उद्घाटन गर्दै उनले ठेक्का लिएर काम पूरा नगर्नेहरु कारबाहीको दायरामा आउने बताए ।

सो अवसरमा पुल निर्माण गर्ने कालिका–रसुवा–तुदीको कम्पनीलाई समयअगावै काम सम्पन्न गरेको भन्दै सम्मानसमेत गरिएको थियो ।

सो कम्पनीले दुई वर्ष नबित्दै पुल निर्माण सम्पन्न गरेको हो ।