१२ चैत्र २०७९, आइतबार | Mon Mar 27 2023


पाँच प्रतिवेदन पेस


0
Shares

काठमाडौं, भदौ २० । प्रतिनिधिसभामा सरकारले पाँचओटा वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले पाँचओटा वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७३/७४ को २७औं प्रतिवेदन, निर्वाचन आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र नेपाल सरकारको आर्थिक वर्ष २०७३/७४ को सुशासन प्रतिवेदन पेस गरे ।

यस्तै, गृहमन्त्री थापाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी आर्थिक वर्ष २०७३/७४ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पनि पेस गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपराह्न ३ बजे बस्नेछ ।