३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नेपाल–चीन पारवहनसम्बन्धी तेस्रो बैठक काठमाडौंमा सुरु


0
Shares

काठमाडौं, भदौ २० । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिमरुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमन्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुले गरेका छन् ।

यस्तै, ९ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालयअन्तर्गत्को यातायात विभाग महानिर्देशक वाङ सिपिङले गरेका छन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका साथै व्यापार प्रवर्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेसन बोर्डका उच्च अधिकारीहरुसमेत सहभागी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।