Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


‘नयाँ हतियार किन्ने कुनै योजना छैन’


221
Shares

पाँचखाल, काभ्रे । प्रधानसेनापति प्रभुराम शर्माले चीनबाट हतियार गरिद गर्ने कुनै योजना नरहेको बताउनुभएको छ । नेपाली सेनाले २०४५ सालमा चीनबाट हतियार खरिद गरेपछि नयाँ हतियार खरिद प्रक्रिया अहिलेसम्म अघि नबढेको बताउनुभएको छ ।

केही समय यता नेपाली सेनाले चीनबाट हतियार गरिद गर्न ६ अर्ब रुपियाँ विनियोजन गरी हतियार खरिद प्रक्रिया अघि बढाएको भन्ने समाचारप्रति असहमति जनाउँदै प्रधानसेनापति शर्माले भन्नुभयो– ‘राष्ट्रसंघको मिसनमा खटिने शान्ति सैनिकका लागि हतियार खरिद प्रक्रिया अगाडि बढाएको भन्ने समाचार सोह्रै आना गलत हो ।’

नेपाल समाचारपत्रसँग कुरा गर्दै प्रधानसेनापति शर्माले कसको चाहनामा यस्ता समाचारहरु आइरहेका छन् मैले बुझ्न सकेको छैन भन्दै पूर्वप्रधानमन्त्री र पूर्वरक्षामन्त्रीलाई जोडेर आएका समाचारमा सत्यता नभएको बताउनुभयो ।

नेपाली सेनासँग पर्याप्त हतियार भए पनि सेनासँग हतियार छैन भनेर सेनाको मनोबल गिराउने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

यने समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।