
काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहालले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डीको निरन्तरता भएको भन्दै विपक्षी दलका सांसदहरूलाई व्यंग्य प्रहार गरेका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विपक्षी दलका अधिकाशं सांसदहरूले यो कर्मकाण्डी भएको भन्दै आलोचना गरेका थिए ।
प्रतिनिधि सभा बैठकमा शनिबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘यो नीति तथा कार्यक्रम विगतका वर्षमा ल्याएको जस्तै छ । यो एक हदसम्म कर्मकाण्डी छ । पोहोर साल, परार साल सरकारले ल्याउने पनि यस्तै -यस्तै हुन्थ्यो । यसकारण यो कर्मकाण्डी नै हो भन्ने म ठान्दछु ।’
प्रधानमन्त्री दाहालले सत्तापक्षकै कतिपय सांसदहरूले लगाएको आरोपलाई पनि प्रतिकार गर्दै भने, ‘सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथिहरूले भन्नुपर्ने हुन्छ, बिलकुल ठिक आयो । हामिले ल्याएको जस्तै आयो । हामिले यस्तै ल्याउँथ्यौं, अहिलेको सरकारले पनि यस्तै ल्यायो भनेर समर्थन गर्नुपर्ने मैले देख्छु ।’
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्